बोक्सो भन्दै ७० वर्षीय वृद्धलाई पानीमा डुबाउने पक्राउ

 असोज ४, २०७५ बिहिबार १९:४५:५९ | निर्मला खडायत
unn.prixa.net

कैलाली – बोक्सो भन्दै गाउँका एक वृद्ध जोखन चौधरी (७०) लाई कुटपिट गरेको आरोपमा धनगढी –१६, रामपुर गाउँका भिखु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । 

आफूलाई गाउँको नेता ठान्ने चौधरीले खेतको धान बिगारेको भन्दै बोक्सोको आरोपमा वृद्ध चौधरीलाई स्थानीय खोलाको पानीमा डुबाएर कुटपिट गरेको पीडितका छोरा पदम चौधरीले बताउनुभयो । मंगलबार बिहान राँगोलाई पानी खुवाउन नजिककैो खोलामा गएका बेला कुटपिट गरेको छोरा चौधरीले बताउनुभयो । 

बुवालाई कुटपिट गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय धनगढीमा पीडितले दिएपछि कुटपिट गर्ने पीडक चौधरीलाई बिहीबार गाउँबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । 

यसअघि पनि पटक–पटक गाउँका स्थानीयलाई कुटपिट गरी दुःख दिँदै आएका भिखु चौधरीलाई छुटाउन केही नेताहरु लागेको पीडित पक्षले बताएका छन् । कुटपिट गर्ने चौधरी राप्रपाका स्थानीय नेता भएको स्थानीयको भनाई छ । उनका छोराहरुले समेत बुवालाई छुटाउन गाउँको घटना भन्दै मिलापत्र गर्न दबाब दिएको पीडितहरुले बताएका छन् । 

पीडित चौधरीका छोरा पदम चौधरीले गाउँको घटना भन्दै मिलापत्र गराउन चौतर्फी दबाब आइरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हरि ओलीका अनुसार पीडित पक्षको जाहेरीका आधारमा कुटपिट गर्ने चौधरीलाई पक्राउ गरिएको बताउनुभयो ।

बोक्सोको आरोपमा एक वृद्धलाई अनावश्यक रुपमा कुटपिट गरेको पाइएकाले कानुनअनुसार पीडकलाई कारबाही गरिने डीएसपी ओलीले प्रतिबद्धता गर्नुभयो । पीडक चौधरीले वृद्धलाई एकाबिहानै खोलाको पानीमा डुबाएर पिटेको देखेपछि स्थानीयले बचाएको पीडितका छोरा चौधरीले बताउनु भयो ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया