प्रदेश १, मधेस र बाग्मतीका केही ठाउँमा वर्षा : गण्डकी र कर्णालीमा मौसम बदली

 असार ४, २०७९ शनिबार ७:५४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मनसुन सक्रिय रहेको प्रदेश १, मधेस र बाग्मती प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । मौसम आंशिकदेखि पूर्णरूपमा बदली भइ केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मुख्यगरी तराई क्षेत्र र पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशमा दिउँसो पनि पानी पर्ने सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई ठाउँमा आज बेलुकापछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डाै उपत्यकामा भने अहिले घाम लागिरहेकाे छ, गए राति पनी परेकाे थियाे ।

यस्तै गण्डकी र कर्णाली प्रदेशमा मौसम सामान्य बदली रहेको छ । ती क्षेत्रमा पनि केही वर्षा हुने सम्भावना छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा स्थानीय वायु तथा पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । ती प्रदेशमा अहिलेसम्म मनसुन सक्रिय भएको छैन । लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आजको मौसम आंशिक बदली रहने अनुमान छ । 

पहाडी क्षेत्रमा भू–क्षय, पहिरो, तथा नदी नाला साथै खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया