भोलि दिउँसोसम्म नै झरीको सम्भावना, तराई र पहाडी क्षेत्रमा जोखिम धेरै

 असार १५, २०७९ बुधबार ७:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएरातिदेखिको झरी अझै रोकिएको छैन ।

भोलि दिउँसोसम्म झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँकाअनुसार केही ठाउँमा आज पानी पर्न रोकिए पनि केहीबेर पछि फेरि पर्ने छ । भोलि दिउँसोपछि भने मौसममा केही सुधार आउने उहाँले जानकारी दिनुभयो ।

हिजोदेखि नै तराई र पहाडी जिल्लामा ठूलो वर्षा भइरहेको छ । विशेष गरी लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अति ठूलो पानी परिरहेको मौसमविद् पौडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा प्युठानमा १ सय ४० मिलिमिटर पानी परेको छ ।

यस्तै, पोखरामा १ सय ६४, पाल्पामा १ सय ४८, नेपालगञ्जमा १ सय ४५, दाङमा १ सय ३५, रौतहटमा १ सय ६ र कैलालीमा ९५ मिलिमिटर वर्षा मापन भएको छ । एक सय मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति भारी वर्षा भन्ने गरिन्छ ।

यसैबीच, लगातारको झरीले बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, यात्रा गर्दा पनि मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया