सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
धादिङ – निर्माण कार्य पूरा हुन नसक्दा धादिङको नेपाल टेलिकम भवन अलपत्र बनेको छ ।
निर्माणाधीन नेपाल टेलिकम भवन चाँदनी/राम जेभी कन्ट्रक्सनले २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग सम्झौता गरेको थियो ।
२०७१ साल वैशाख २ गतेबाट २१ महिनामा भवन सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म भवनले पूर्णता पाएको छैन । २ करोड २ लाख ४८ हजार ७ सय ८९ रुपैयाँ ७८ पैसामा निर्माणको सम्झौता गरिएको भवन अहिलेसम्म ३ ढलान बाहेक अरु केही काम भएको छैन ।
लामो समयदेखि निर्माण कार्य थालनी भएको भवनको बनेका संरचना जीर्ण हुन थालेका छन् । निर्माण सामाग्री यत्रतत्र छरिएका छन् । झण्डै १ सय बोराको सिमेन्ट चाङ लगाएर राखिएको छ ।
सबै सिमेन्ट काम नलाग्ने भएको छ । रड तथा चूरी तारहरुको अवस्था पनि उस्तै छ । तर निर्माण कार्य रोकिएको लामो समय भैसक्दा पनि भवन निर्माण कार्य सुरु हुन नसक्दा समस्या भएको हो ।
समय अवधि सकिएपछि ठेकेदार समय सीमा थप्न पटक–पटक आएको क्षेत्रीय निर्देशनालय त्रिपुरेश्वरले जनाएको छ । विभिन्न कागजात तथा पूरा गर्नुपर्ने प्रक्रियामा रहेको र ठेकेदारले छिट्टै निर्माण कार्य सुरुवात गर्ने जानकारी दिएको उनीहरु बताउँछन् ।
नेपाल टेलिकमको निर्माणाधीन भवनले पूर्णता पाउन नसक्दा २०७० सालदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको नेपाल टेलिकम जिल्ला शाखा धादिङका प्रमुख खगेन्द्र कटुवालले बताउनुभयो ।
‘घर बन्ला–बन्ला भन्दै कुरेको वर्षाै भयो । तर बन्ने छाँटकाट देखिएन । घर भाडा मात्रै हामी ८० हजार तिर्छाै’, कटुवालले भन्नुभयो, ‘घर साहुले आफूलाई घर चाहियो छाड्दिनुस भनेर पटक–पटक भन्नुभएको छ । कार्यालयको भवन बन्न सकेको छैन । ढलान मात्रै भएको छ । बन्ने कहिले ? सर्ने कहिले ? एकादेशको कथा हुने भो, हामी त समस्याको चपेटामा छौं ।’
त्यस्तै भवन अभावका कारण सेवाग्राहीलाई सेवा तथा सुविधा विस्तार गर्न समस्या भएको कटुवालले बताउनुभयो । ‘जमाना प्रविधिको छ, भवन अभावका कारण धादिङमा Fiber to the home (FTTH) जस्ता प्रविधि भित्र्याउन सकिएको छैन’, उहाँले भन्नुभयो ।
सेवा विस्तारमा पनि उस्तै समस्या छ । कार्यालयमा आवश्यक सामाग्री राख्ने ठाउँ नहुँदा समस्या भोग्नुपरेको उहाँले बताउनुभयो । भवनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भए काम गर्न सजिलो र कार्यालयबाट दिने सेवा तथा सुविधामा थप गुणस्तर हुने तथा सेवा विस्तार गर्न सकिने विश्वास रहेको उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।