आज रातिदेखि पर्सि दिउँसोसम्म ठूलो वर्षाको सम्भावना छैन, सतर्कता भने अपनाऔँ : मौसमविद्

 साउन २२, २०७९ आइतबार ७:१२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ । अब आज रातिदेखि पर्सि दिउँसोसम्म भने ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

मनसुनी न्यून चापीय प्रणाली भारतर्फ सरेकाले आज रातिदेखि पर्सि दिउँसोसम्म  ठूलो पानी नपर्ने उहाँले बताउनु भएको हो । तर, त्यसपछि भने फेरि ठूलो वर्षाको सम्भावना छ । यस्तै, हल्कादेखि मध्यम वर्षा भए पनि पहिरोको जोखिम रहेकाले सतर्क रहन मौसमविद्को आग्रह छ ।

साना नदी तथा खोलामा बाढी, पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया