तराईका जिल्लामा आज दिनभरि झरी र केही ठाउँमा ठूलो वर्षाको सम्भावना

 भदौ १६, २०७९ बिहीबार ८:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएरातिदेखि नै तराईका जिल्लामा पानी परिरहेको छ । मनसुनको न्यून-चापीय प्रणाली तराई नजिक रहेकाले त्यस क्षेत्रमा लगातार पानी  परिरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार आज दिनभरि नै तराईका जिल्लामा झरी पर्ने सम्भावना छ । उहाँका अनुसार तराईका सबैजसो क्षेत्रमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र डुबानको जोखिम उच्च छ । यस्तै, आज पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ । तर, पहाडी क्षेत्रमा लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेले बताउनुभयो ।

उहाँका अनुसार मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलाे वर्षाको सम्भावना  छ । यस्तै, राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा राति ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया