प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम दुई–तिहाई मतले स्वीकृत

 असोज १२, २०७५ शुक्रबार १६:९:३ | निर्मला खडायत
unn.prixa.net

कैलाली – प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत गरेको छ ।  

शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित विशेष समितिका संयोजक तारा लामा तामाङले प्रतिवेदन स्वीकृत गरियोस् भनी गरिएको प्रस्ताव र प्रदेशसभा सदस्य वीरमा चौधरी र शान्ति नेपाली समर्थनमा रहेको प्रतिवेदन दुई तिहाई बहुमतले स्वीकृत गरेको हो ।

प्रदेश ७ को राजधानी र नामका लागि मतदान हुँदा राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ मा रहने तथा नाम सुदूरपश्चिम राख्ने पक्षमा ३८ मत परेको थियो  । विपक्षमा शून्य मत परेको थियो । 

५३ सदस्यीय यो प्रदेशमा नेकपाका ३९ जना,  नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद रहेका छन् । 

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी १४ जना प्रदेशसभा सदस्यहरुले वैठक बहिष्कार गरेका छन्  । 

राजधानी अनुपयुक्त ठाउँमा भएको भन्दै उनीहरुले विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन् । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठक प्रतिपक्षीको विरोधको कारण बीचमा स्थागित गरिएको थियो । 

पुनः सञ्चालन भएको बैठकमा पनि विरोधपछि बहिष्कार गरिएपछि सत्ता पक्षका प्रदेशसभा सदस्यहरुको बहुमतबाट स्वीकृत गरिएको घोष्णा गरिएको हो । यसैबीच प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले धनगढीमै राजधानी हुनुपर्ने भन्दै संसदमै नाराबाजी समेत गरेका थिए ।

स्वीकृत भएको प्रतिवदेन अनुसार स्थायी राजधानी कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ४ र २ तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको ठाउँदेखि उत्तरपश्चिम, गोदावरी–धनगढी–डडेलधुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चारकिल्ला क्षेत्रमा पर्ने भएको हो ।


 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Tikaram sapkota

    Sept. 28, 2018, 4:47 p.m.

    सबैलाई लाइ उपयुुक्त हुने ठाउँ कैलालीको गोदावरी छेत्र नै हो, जहाँ बाट तराई र पहाड का सबै जनता लाई उचित हुन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया