आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

 भदौ २८, २०७९ मंगलबार ८:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश-१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

मनसुनी प्रणाली सामान्य अवस्थामा रहेकाले एकै ठाउँमा लामो समय ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस्तै, राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया