प्रदेशको राजधानी गोदावरी सारिएको भन्दै अनिश्चितकालीन धनगढी बन्द

 असोज १३, २०७५ शनिबार १२:७:१० | निर्मला खडायत

कैलाली – सात नम्बर प्रदेशको राजधानी गोदावरी सारेको निर्णयको विरोधमा शनिबारदेखि अनिश्चितकालीन रुपमा धनगढी बन्द गरिएको छ । 

राजधानी सार्ने निर्णयले गोदावरीको वन क्षेत्र विनास हुने भन्दै नागरिक समाज संघर्ष समितिले धनगढी बन्द गराएको हो । शनिबार धनगढी बजार पूर्ण रुपमा बन्द गरिएको छ । ट्राफिक चोक, सहिद गेट र बोराडाँडीमा बन्दकर्ताले यातायातका साधन चल्न दिएका छैनन् । 

बन्दकर्ता ठाउँ–ठाउँमा भेला भएर सवारी साधन रोकिरहेका छन । शुक्रबार विज्ञप्ति जारी गर्दै संघर्ष समितिले प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरुसँग छलफल नै नगरी, जनभावनाको कदर नै नगरी प्रस्ताव पास गरिएको आरोप लगाएको छ । 

प्रदेशसभाको दुई तिहाई बहुमतले शुक्रबार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ मा राख्ने निर्णय पारित गरेको थियो ।  

प्रदेशसभा रहेका ५३ जना सदस्यमध्ये प्रस्तावको पक्षमा ३८ मत खस्यो भने विपक्षमा शून्य मत रहेको थियो । सवारी, बजार क्षेत्र पूर्ण रुपमा बन्द भए पनि सर्वसाधारणहरु मारमा परेका छन् ।

साथै व्यापारीहरुले पनि चाडबाडका बेलाको बन्द हड्तालका कारण आफूहरुलाई निकै घाटा बेहोर्नु परिरहेको भन्दै गुनासो गरिरहेका छन । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया