कास्की, तनहुँ, पाल्पा, जाजरकोट र दैलेखका केही ठाउँमा ठूलो वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

 असोज ८, २०७९ शनिबार ७:३३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखका केही ठाउँमा आज ठूलो पानी परेको छ ।

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ । ती प्रदेशका धेरैजसो जिल्लामा हल्कादेखि मध्यम वर्षा र कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो पानी परेका जिल्ला भइ बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका नदी तटीय क्षेत्रमा आज बिहानसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

भोलि र पर्सि कर्णाली, महाकाली, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहरूमा बहाव बढ्ने  र केही साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया