मनसुन निस्क्रिय, दशैँमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ : मौसमविद्

 असोज १३, २०७९ बिहीबार ७:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनसुन निस्क्रिय रहेकाले तत्काललाई ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठका अनुसार ठूलो वर्षा नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मनसुन निस्क्रिय रहे पनि मनसुनी गतिविधि कायमै रहेकाले हल्कादेखि मध्यम वर्षाको अनुमान छ।

‘दशैँमा पनि ठूलो वर्षाको सम्भावना छैन, तर हल्कादेखि मध्यम वर्षा हुनसक्छ’ – उहाँले भन्नुभएको छ ।

मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात आउँदो आइतवार फूलपातीसम्म छ । यो अवधि वा योभन्दा छिटो र ढिलो गरी मनसुन बाहिरिन सक्छ । यसपालि जेठ २८ गते मनसुन भित्रिएको थियो।

मध्य मनसुनमा भन्दा पनि मनसुनको सुरुवात र अन्तिमतिर यसपालि धेरै पानी पर्यो । आज प्रदेश-१, मधेस र वाग्मती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया