गुल्मीमा भएको नमुना मतदानमा १९ मत बदर

 कात्तिक ५, २०७९ शनिबार २०:४२:३३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा गुल्मीमा नमुना मतदान सम्पन्न भएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका र मुसिकोट नगरपालिकामा आज नमुना मतदान सम्पन्न भएको हो ।

निर्वाचन कार्यालयले आउँदो मंसिर ४ गते गर्नेे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिवार नमुना मतदान गरेको हो ।

रेसुंगा नगरपालिका १४ को पराल्मी र मुसिकोट नगरपालिका ७ को वामीमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी मायाँ कुँवरले जानकारी दिनु भयो ।

रेसुंगाको पराल्मीमा ८० वर्षीय तुल्सीराम पोख्रेल र मुसिकोटमा ७५ वर्षीय धनिश्वर घिमिरेले पहिलो मत खसाल्नु भएको थियो ।

नमुना मतदानमा पराल्मीमा २५ मत र मुसिकोटमा ६५ मत खसेको थियो । खसेको मतमा १९ मत बदर भएको कुँवरले बताउनु भयो ।

मतदान प्रकृयामा स्थानीय सबै उमेर समूहका राजनीतिक दल, नागरिक समाज विद्यार्थी र क्लबका प्रतिनिधिले मतदान गरेका थिए ।

नमुना मतदान कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, निर्वाचन अधिकृत माया कुँवर, सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जिल्लामा कुल दुई लाख २३ हजार छ सय १५ मतदाता रहेका छन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदान स्थल रहेका छन् भने दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । 
 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया