मौसम आंशिकदेखि सामान्य बदली, केही ठाउँमा पानी पर्ने सम्भावना

 कात्तिक २१, २०७९ सोमबार ७:२७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी  वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार आज हिजोअस्तिको जस्तो घाम लाग्ने सम्भावना छैन ।

घाम लाग्ने र फेरि बदली हुने क्रम आज दिनभरि चल्ने उहाँले बताउनुभयो । भोलिको मौसम भने आजको भन्दा सफा हुनेछ । तर, पर्सि फेरि बदली हुने सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । पर्सि पश्चिमी क्षेत्रका केही पहाडी क्षेत्रमा पानी पर्ने अनुमान समेत गरिएको उहाँले बताउनुभयो ।

पर्सि काठमाण्डौमा पनि हल्का पानी पर्ने अनुमान छ । आज पनि पहाडी जिल्लाका एक/दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्को अनुमान छ । मौसम बदली भएकाले चिसो बढेको छ । न्यूनतम तापक्रम नघटे पनि राम्ररी घाम नलाग्दा अधिकतम तापक्रम घट्ने भएकाले चिसो बढेको हो ।  

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया