पहाडी र हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना, पदयात्रामा जाँदा ध्यान दिन सुझाव

 कात्तिक २८, २०७९ सोमबार ७:५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण र पद यात्रामा जाँदा ध्यान दिन मौसमविद्काे आग्रह छ । प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

वर्षा र हिमपातले चिसो झन् बढाउने भएकाले पद यात्रा र पर्वतारोहणमा जाँदा ध्यान दिन उहाँको सुझाव छ । अहिले पद यात्रा र पर्वतारोहणमा जानेहरुको सङ्ख्या बढ्दै गएको छ । मौसमविद्ले यसरी यात्रामा जानु अघि मौसमको अवस्थाबारे थाहा पाइराख्न पनि आग्रह गरेका छन्  ।

पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढ्न थालेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । काठमाण्डौको मौसम पनि आंशिक बदली हुने अनुमान रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो  । अहिले बिहान भने काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।

आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि तराईका जिल्लामा भने पारिलो घाम लाग्ने मौसमविद्को भनाइ छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया