भोलिको मौसम सफा हुने, आज केही ठाउँमा सामान्य बदली

 मंसिर ३, २०७९ शनिबार ७:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चुनावको मुख्य दिन भोलि देशका धेरैजसो ठाउँको मौसम सफा रहने अनुमान छ । मौसम पूर्वानूमान महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म नै मौसम सामान्यतया सफा नै रहनेछ । धेरै ठाउँमा घाम लाग्नेछ।

उच्च हिमाली एक/दुई ठाउँ बाहेक देशभरको मौसम सफा नै रहने महाशाखाका मौसमविद् विनु महर्जनले बताउनुभयो । मतदानको दिन भोलि प्रदेश एक, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि पानी पर्ने तथा उच्च हिमपातको सम्भावना देखिएको छैन।

आज पनि प्रदेश एक, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली केही क्षेत्रमा मौसम सामान्य बदली रहेको छ । प्रदेश एक र गण्डकीका हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि मौसम यस्तै रहनेछ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ।
  
 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया