मौसम आंशिक बदली तर तत्काललाई पानी पर्ने सम्भावना छैन : मौसमविद्

 मंसिर २९, २०७९ बिहीबार ६:५६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - गएराति बादल लागेकाले काठमाण्डौको न्यूनतम तापक्रम बढेको छ । बिहान पौने ६ बजेको काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । हिजो ५ दशमलव ८ डिग्री सेल्सियस थियो ।

आज पनि बादल लाग्ने सम्भावना रहेकाले काठमाण्डौको दिउँसोको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम आज आंशिक बदली हुने सम्भावना छ । तर, बादल लागे पनि तत्काललाई पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पार्ने गरी पश्चिमी क्षेत्रबाट नेपालमा कुनै पनि प्रणाली आएको छैन ।

स्थानीय वायुकै असरले मौसम आंशिक बदली भए पनि दुई चार दिनसम्म पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । तराईका जिल्लामा बिहानदेखि नै हुस्सु कुहिरो छ । तर हुस्सु कुहिरो दिउँसो हट्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया