चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली, हल्का वर्षा र हिमपातको सम्भावना

 पुष ३, २०७९ आइतबार ७:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज चार प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली हुने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । आज भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रभावका कारण पूर्वी क्षेत्रका मौसम बदली हुने मौसमविद् महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणालीको असर पूर्वी क्षेत्रमा  धेरै पर्ने सम्भावना छ । अबको केही दिन यो प्रणालीको असर रहने छ ।

यस्तै, तराईका जिल्लामा आज पनि हुस्सु कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्को सुझाव छ। 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया