खासै पानी नपरी यसपालिको हिउँदयाम सकियो, प्रि मनसुन सुरु

 फागुन १७, २०७९ बुधबार ८:१५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खासै पानी नपरी यसपालिको हिउँदयाम सकिएको छ । यो हिउँदमा १४ वर्ष यताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसपालि हिउँदयाम सकिने बेलामा केही दिन अघि मात्रै काठमाण्डौ, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भयो । यसअघि माघ महिनामा पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो । यसपालि उच्च पहाडी र हिमाली  जिल्लामा पनि खासै हिमपात हुन सकेन ।

हिउँदयाम सकिएसँगै प्रि मनसुन सुरु भएको छ । मौसमविद् मन्जु बासीका अनुसार मार्च १ तारिख अर्थात् आजदेखि हिउँदयाम सकिएर प्रि–मनसुन सुरु भएको मानिन्छ । आजदेखि सुरु हुने प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहने छ । त्यसपछि मनसुन सुरु हुन्छ । प्रि मनसुनमा  दिउँसो पनि मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ ।

प्रि मनसुनमा स्थानीय वायुको प्रभाव धेरै पर्ने मोसमविद् बासीले बताउनुभयो । स्थानीय वायुको  प्रभावकै कारण आज दिउँसोपछि पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मन्जू बासीले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।  

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया