कोशी प्रदेशको मुख्यमन्त्रीका लागि आउँदो मङ्गलवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न आह्वान

 साउन १२, २०८० शुक्रबार १४:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोशी प्रदेशको मुख्यमन्त्रीका लागि आउँदो मङ्गलवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले आउँदो १६ गते बेलुका पाँच बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले निकाल्नुभएको विज्ञप्तिमा सर्वोच्च अदालतको आदेश बमोजिम जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो त्यही अवस्थाबाट प्रक्रिया अघि बढाउन लागिएको उल्लेख छ ।

सर्वोच्च अदालतले बिहीवार मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गते भित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया