शेयर बजार २३ अङ्कले घट्याे

 असोज २९, २०८० सोमबार १५:१४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार २३ अङ्कभन्दा धेरैले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा झरेकाे छ ।

आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, हाेटल तथा पर्यटन, व्यापार, माइक्राेफाइनान्स, जलविद्युत् र विकास बैंक समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्राेपावर र हाथवे इन्भेस्टमेन्ट नेपालकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्सकाे शेयर सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले बढेकाे छ ।

आज ४८ लाख ३७ हजार कित्ता शेयर १ अर्ब २५ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंककाे प्रमाेटर शेयर ६ कराेड २४ लाख रुपैयाँमा किनबेच भयाे ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया