देशको आर्थिक अवस्था सुधारका लागि सहकार्य गर्न उद्योग वाणिज्य महासङ्घ र सेजन सहमत

 असोज २९, २०८० सोमबार २०:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशको आर्थिक सुधारका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सहकार्य गर्ने भएका छन् ।

सेजनका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्न आज साेमवार आयाेजित कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग वा संयन्त्र निर्माण गरी सहकार्य गर्ने अवधारणा आफूले अगाडि सारेको जानकारी गराउनुभयो ।

अबको सुधारका लागि निजी क्षेत्रसहित सबै सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक भएको हुँदा आयोग आवश्यक रहेको अध्यक्ष ढकालले जोड दिनुभयो । यसमा सेजनसँगको सहकार्य महत्त्वपूर्ण हुने पनि उहाँको धारणा थियो । यसैगरी अन्य नीतिगत सुधार, भ्रमण आदिमा पनि महासङ्घ र सेजनबीच सहकार्य रहने अध्यक्ष ढकालले बताउनुभयो ।

कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले आर्थिक मन्दीका समयमा विभिन्न वस्तुगत र जिल्लामा कार्यरत उद्यमी व्यवसायी समस्यामा रहेको हुँदा सुधारका लागि सहकार्य गरिने बताउनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले देशभर नै उद्यमी व्यवसायी मन्दीका कारण प्रभावित भैरहेको हुँदा सबै क्षेत्रको विशेष पहल आवश्यक रहेको बताउनुभयो । महासङ्घ उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले उद्यमी व्यवसायीको हितमा सेजनले गरिरहेको कामको प्रशंसा गर्नुभयो । सेजन महासचिव विश्वा रेग्मीले सकारात्मक सन्देश पनि प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो ।

आर्थिक पत्रकारहरूको छाता संस्था सेजनको नयाँ कार्यसमिति २०८० भदौमा चयन भएको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया