हवाई भाडामा भएको विसङ्गतिको हस्तक्षेप नेपाल एअरलाइन्सले मात्रै गर्न सक्छ : मन्त्री किराती

 असोज २९, २०८० सोमबार १९:३८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडामा भएको विसङ्गतिको हस्तक्षेप राष्ट्रिय ध्वजावाहक (नेपाल एअरलाइन्सले) ले मात्रै गर्न सक्ने दाबी गर्नुभएकाे छ ।

आज सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलतर्फको टर्मिनल भवनमा राखिएका पसल र बोर्डिङ पास कक्षको अनुगमन गर्दै मन्त्री किरातीले यस्तो बताउनुभएको हो । उहाँले टर्मिनल भवनमा राखिएका सामान र हवाई टिकटको भाडा बढी लिएको गुनासाे बढेपछि अनुगमन गर्नुपरेको बताउनुभयो । अनुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हवाई भाडामा भएकाे विसङ्गतिकाे हस्तक्षेप राष्ट्रिय ध्वजावाहकले मात्रै गर्न सक्छ । प्रतिस्पर्धामा सेवा दिएर नेपाल एअरलाइन्सकाे आफ्नै जहाज भएपछि याे समस्याकाे समाधान हुन्छ ।विमानस्थलकाे टर्मिनल भवनमा राखिएका सामान बढी मूल्यमा बिक्री भएकाे भन्ने गुनासाे गरेपछि अनुगमनमा आएका हाैँ । अबदेखि नागरिककाे गुनासा नआऊन् भनेकाे छु ।’

मन्त्री किरातीले उडानमा ढिला नगर्न एअरलाइन्स कम्पनीहरूलाई निर्देशन दिनुभयो । कम दरका टिकट कम र उच्च दरका टिकट बढी बेचेको पाएकाले अबदेखि कम दरका टिकट बढी बेच्न निर्देशन दिएको पनि उहाँकाे भनाइ छ । पर्यटन विना नेपालकाे समृद्धि सम्भव नरहेको भन्दै उहाँले पर्यटक बढी भित्र्याउन उडानमा सुविधा दिनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया