२ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जानेको सङ्ख्यामा भने कमी

 असोज ३०, २०८० मंगलबार १३:५३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको २ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा रेमिट्यान्स २२ दशमलव १ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेकाे हो ।

गएको आर्थिक वर्षको पहिलो २ महिनामा रेमिट्यान्स झन्डै २० प्रतिशतले बढेको थियाे । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव ७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड पुगेको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने कमी आएको छ । साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २८ दशमलव ३ प्रतिशतले कमी आई ७४ हजार ४ सय ५५ जना कायम भएको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा १८ दशमलव ३ प्रतिशतले कमी आई ३२ हजार ४ जना कायम भएको छ ।

गएको वर्षको २ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या साढे ७० प्रतिशतले बढेको थियो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया