शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ८४ लाख रुपैयाँको कारोबार

 असोज ३०, २०८० मंगलबार १५:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो (साेमवार) २३ अङ्कले घटेको शेयर बजार आज (मङ्गलवार) भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव १८ अङ्कले बढेर १ हजार ८ सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज होटल, निर्जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै एनआईबीएल प्रगति फन्डकाे शेयर झन्डै साढे ७ प्रतिशत, श्वेतगंगा जलविद्युत् कम्पनीको शेयर झन्डै ७ सात प्रतिशत तथा सिद्धार्थ इक्विटी फन्ड र मेगा म्युचुल फन्डको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर साढे ८ प्रतिशतले घटेको छ ।

आज ३८ लाख १३ हजार कित्ता शेयर एक अर्ब ८४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४ करोड ६२ लाख र श्वेतगंगा जलविद्युत् कम्पनीको ४ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया