शेयर बजार ४३ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि

 कात्तिक १, २०८० बुधबार १५:१८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार उच्च अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि पुगेको छ । आज बुधवार शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो ।

आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा निर्जीवन बीमा समूहको शेयर साढे दुई सय अङ्कभन्दा धेरैले बढेको छ । आज आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर १० प्रतिशतले बढ्यो । अरू तीन वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज वीपीडब्ल्यू लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

बजार उच्च अङ्कले बढेको भए पनि आज कारोबार रकम भने घटेर एक अर्ब रुपैयाँभन्दा तल झरेको छ । हिजो मङ्गलवार एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा आज ९३ करोड ४८ लाख रुपैयाँकाे कारोबार भयाे ।

आज दुई सय ८६ वटा कम्पनीका ३७ लाख ७२ हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया