युद्धविराम सकिएसँगै गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गर्न थाल्याे इजरायली सेना

 मंसिर १८, २०८० सोमबार ९:१३:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – प्यालेस्टाइनको विद्रोही समूह हमाससँगको युद्धविराम पछि अस्थायी आक्रमण बढाइरहेको इजरायली सेना गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गर्न थालेको छ । इजरायली सेनाले गाजाको खान युनिस सहरको उत्तरी क्षेत्रबाट स्थलगत अभियान शुरु गरेको बीबीसीले जनाएको छ । यो शहरमा इजरायली सेनाको ट्याङकको तस्बिर देखिएको पनि खबरमा उल्लेख गरिएको छ ।

इजरायली रक्षा बल आइडिएफका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेभीले आक्रमणलाई बढाएको बताउनु भएको छ । उहाँले तयारीका साथ मजबुत ढङ्गले आफ्ना सेनाहरु हमासविरुद्ध लडिरहेका दाबी गर्नु भएको छ । अस्थायी युद्धविराम सकिएसँगै इजरायलको गाजापट्टीमा गरेको आक्रमणमा परेर प्यालेस्टाइनका २ सय जना नागरिकको ज्यान गएको छ ।

इजरायलले अझै १३७  जना हमास समूहको बन्धकमा रहेको जनाएको छ । सात दिनको अस्थायी युद्ध विराममा हमासले ११० जना र इजरायलले २४० जना प्यालेस्टाइनी बन्दीलाई रिहा गरेको थियो । इजरायल र हमासबीच भइरहेको युद्धमा अहिलेसम्म १५ हजार भन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया