प्रधानमन्त्री प्रचण्ड निर्वाचन क्षेत्रमा, सडक नबनेकाे भन्दै स्थानीयकाे गुनासाे

 पुस ११, २०८० बुधबार १४:२०:३७ | किरण लोहनी
unn.prixa.net

गाेरखा - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाेरखाकाे बारपाक सुलिकाेट गाउँपालिका आइपुग्नुभएकाे छ । 

नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड पार्टीले सञ्चालन गरेको ३ महिने अभियान अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका-८ को पार्टी कमिटी बैठकमा सहभागी हुन आज बुधवार गोरखा आइपुग्नुभएको हाे ।

गाेरखा पुग्नुभएका प्रधानमन्त्री समक्ष निर्वाचन क्षेत्रका कार्यकर्ताले चुनावमा गरेको वाचा पूरा गर्न ध्यानाकर्षण गराएका छन् । वडा कमिटी बैठकमा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले निर्वाचित भएको एक वर्ष भइसक्दा पनि चुनावका बेला गरेका वाचा पूरा नभएकाे गुनासाे गरेका हुन् । 

उनीहरुले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रभित्र पर्ने सौरपानी बारपाक सडकमा बजेट अभाव भएको, घ्याम्पेसाल ताकुकोट सडक कालोपत्र गर्न ढिलाइ भएको लगायतका विषयमा प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष विभिन्न अलमलका कारण आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो । उहाँले छिट्टै सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ। 

प्रधानमन्त्री प्रचण्डले आफ्नाे नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा हिजाे मङ्गलवार राष्ट्रका नाममा सम्बाेधन गर्दै महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डाै नछाड्ने घाेषणा गर्नुभएकाे थियाे । तर, उहाँ आफ्नाे घाेषणाकाे भाेलिपल्टै पार्टी कमिटी बैठकमा सहभागी हुन गोरखा आइपुग्नुभएको हाे । बारपाक सुलिकाेट गाउँपालिका प्रचण्ड निर्वाचित हुनुभएको गोरखा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्दछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया