कन्दरा ब्यान्डकाे कन्सर्टका लागि 'आईएमई पे' एकमात्र टिकेटिङ पार्टनर

 पुस १२, २०८० बिहिबार २०:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनरकाे रूपमा रहने भएकाे छ । नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश – आन्तरिक पर्यटनको प्रवर्द्धन’ सन्देश लिई नेपालका आठ ठाउँमा हुन लागेकाे कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर आईएमई पे रहने भएको हाे ।

'हङकङ पोखरा', 'तगारोमा रुमाल', 'लेककी हे माया', 'तिमी पारि', 'डाँडापारि' आदि चर्चित गीतहरूमार्फत नेपाली फोक-पप सङ्गीतमा अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही पुस २७ गते पोखरा प्रदर्शनी केन्द्रबाट साङ्गीतिक कार्यक्रम शुरु गर्दैछ । पहिलो कार्यक्रम पोखराबाट शुरु गरी अन्तिम कार्यक्रम काठमाण्डाैमा गर्ने लक्ष्य रहेकाे कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी एल्फा स्क्वायरले जनाएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा – सामीप्य आदि सङ्घ-संस्था प्रवर्द्धक रहेका छन् ।

याे कार्यक्रममार्फत साङ्गीतिक, पर्यटन र समग्र आर्थिक क्षेत्रमा नै योगदान पुग्ने आईएमई पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया