विदेशीले नेपालमा झन्डै ३४ अर्ब खर्च गर्दा नेपालीले विदेशमा ७५ अर्ब ७३ करोड रुपैयाँ खर्चिए

 पुस २६, २०८० बिहिबार १८:१५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा नेपालको सेवा आय २६ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पाँच महिनामा विदेशीले नेपालमा गर्ने खर्च साढे ४७ प्रतिशतले बढेर ३३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पाँच महिनामा विदेशीले नेपालमा गरेकाे खर्च २३ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।

यस्तै पाँच महिनामै नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय साढे ५९ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । नेपालीले विदेशमा गरेको खर्चमध्ये विदेशमा पढ्न जानेहरूकाे ४७ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको पाँच महिनामा नेपालीले विदेशमा ४७ अर्ब ४८ करोड रुपैयाा खर्च गरेकोमा शिक्षातर्फ २८ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया