श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत

 माघ ६, २०८० शनिबार ६:४४:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । अहिले श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत पुगेका छन् । मोबाइल फोनको पहुँच एक सय ५० प्रतिशतभन्दा धेरै हुँदा इन्टरनेटको प्रयोग ५२ प्रतिशत पुगेको हो ।

कोलम्बोमा भएको एक सम्मेलनमा प्रविधि राज्य मन्त्री कनका हेरथले विश्वमा डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको र आफ्नो देशले पनि डिजिटल मार्केटिङलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उहाँले देशको डिजिटल अर्थतन्त्रलाई ४ दशमलव ३ विलियन डलरबाट सन् २०३० अर्थात् अबको ६ वर्षमा १५ विलियन अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको समेत बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया