अयाेध्यामा निर्मित मन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा, हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा

 माघ ८, २०८० सोमबार १५:६:४६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको उत्तर प्रदेश राज्यको अयोध्या नगरमा निर्मित राममन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामको मूर्तिमा प्राणप्रतिष्ठासहित मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६ औँ शताब्दीको मस्जिदलाई राममन्दिरले विस्थापन गरेको छ । सन् १९९२ मा मस्जिद भत्काएपछि भारतभर फैलिएको दङ्गामा झन्डै २ हजार जनाले ज्यान गुमाएका थिए । मन्दिर निर्माणले अयोध्यमा रामको मन्दिर बनाउने हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा भएको छ ।

रामको जन्मस्थानमा रहेको मन्दिर मुस्लिम अतिक्रमणकारीहरूले भत्काएर १६ औँ शताब्दीमा त्यहाँ बाबरी मस्जिद बनाएको कैयौँ हिन्दूहरूले विश्वास गर्छन् । हिन्दूहरू रामलाई भगवान् विष्णुको अवतार मान्छन् । तर केही हिन्दू सन्त नेता तथा विपक्षीहरूले भने मन्दिरमा भएको प्राणप्रतिष्ठालाई नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै आफू याे कार्यक्रममा सहभागी नहुने घोषणा गरेका थिए ।

अयोध्यामा राममन्दिर बनाउने अभियान चलाएकै कारण सन् १९९० को दशकमा भारतीय जनता पार्टीको राजनीतिक उदय भएको ठानिन्छ ।

झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको नयाँ मन्दिर ३ तले छ । मन्दिरमा राख्न बनाएको झन्डै सवा ४ फिट अग्लो रामको मूर्ति गएकाे हप्ता मात्र सार्वजनिक गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया