एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र क्यानडा खेल्दै

 माघ २५, २०८० बिहिबार ७:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल र क्यानडाबीच तीन वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । आज हुने पहिलो खेल कीर्तिपुुरको त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा नयाँ खेलाडी समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । प्रतियोगिताको दोस्रो खेल पर्सि शनिवार र अन्तिम खेल सोमवार हुनेछ । यो खेल एक्सन स्पाेर्ट्स एचडी र डिसहोम गोमा प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभयो ।

यसैबीच नेपाली टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेको प्रशिक्षणमा रहेको क्यानडाले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको छ । क्यानडाले आईसीसी टी–२० विश्व कप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ ।

प्रशिक्षक मोन्टी देसाई र प्रशिक्षक पुबुदु दशानायके दुवै जनालाई नेपालको सफल प्रशिक्षक मानिन्छ । त्यसैले क्यानडासँगको शृङ्खला दुई सफल प्रशिक्षकबीचको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३औँ प्रतिस्पर्धी हो ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेल्न लागेको हो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया