नेपालले त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेल नामिबियासँग खेल्ने

 माघ २७, २०८० शनिबार ९:२३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आउँदो फागुन १५ गते हुने छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको हो । 

डबल राउण्ड रोबिनका आधारमा हुने शृङ्खलामा नेपालले दोस्रो खेल फागुन १६ गते नेदरल्याण्ड्ससँग खेल्नेछ । यसैगरी नेपालले लिग चरणको तेस्रो खेल फागुन १८ गते नामिबियासँग तथा लिग चरणको अन्तिम खेल फागुन १९ गते नेदरल्याण्ड्ससँग खेल्ने क्यानले जनाएको छ । फागुन २२ गते शृङ्खलाको फाइनल खेल हुनेछ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया