एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ८ विकेटले हरायो

 माघ २७, २०८० शनिबार १२:१५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ । मलेसियामा आजदेखि शुरु भएको खेलमा नेपालले बलियो दावेदार मानिएको हङकङलाई हराउँदै विजयी शुरुवात गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । हङकङका लागि कतप्तान केरी चानले सर्वाधिक २१ रन बनाइन् । नेपालका लागि पूजा महतो र रुविना क्षेत्रीले दुई–दुई तथा कविता जोशी र सिता रानामगरले एक एक विकेट लिए ।

९४ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभर १ वलमा २ विकेट गुमाएर पूरा गर्‍याे । नेपालकी कप्तान इन्दू बर्मा ४० रन बनाएर आउट भइन् । सीता राना मगरले नटआउट ३६ रन बनाइन् । हङकङका इकुरा सहर र बेटी चानले एक एक विकेट लिए । नेपालले भोलि भुटानसँग र फागुन १ गते माल्दिभ्ससँग खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया