सत्ता गठबन्धनमा सङ्कट आएको चर्चासँगै दलहरुको दौडधूप

 फागुन २१, २०८० सोमबार ९:११:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वर्तमान सत्ता गठबन्धनमा सङ्कट आएको र प्रधानमन्त्रीले नयाँ समीकरण बनाउन खोजेको चर्चाकाबीच बिहानैदेखि दलहरुको दौडधूप बढेको छ । बिहान बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुुग्नुुभएको छ । एमाले, माओवादी र रास्वपा आआफ्ना पार्टीभित्रको आन्तरिक छलफलमा जुटेका छन् । आजै प्रधानमन्त्रीले एमाले र रास्वपासँग छलफल गर्ने तयारी गर्नुभएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै जाँदा सत्ता गठबन्धन नै सङ्कटमा परेको हो । पछिल्लोपटक मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रियसभाको अध्यक्षको विषयमा कुरा नमिल्दा दुई पार्टीबीच असमझदारी बढेको छ । माओवादीसँगको गठबन्धन टुुट्न नदिन कांग्रेसले पहल गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने भएकाले त्यसका लागि तयार रहन निर्देशन दिनुभएको छ ।

यहीबीचमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको छ । कांग्रेस सभापति देउवाले मन्त्री हेरफेर गरेर भए पनि गठबन्धन जोगाउने पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्डले भने नयाँ सत्ता समीकरणको लागि छलफल बढाउनुभएको छ ।

हिजो बेलुकी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ  ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया