पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा

 असोज २१, २०७६ मंगलबार ७:१६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा जानुभएको छ ।

तीनदिने भ्रमणका क्रममा प्रधानमन्त्री खानले चीनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्तामा कश्मीर मुद्दाका विषयमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतले कश्मीरको छुट्टै राज्यको अधिकार संविधानबाट खारेज गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय साथ खोजिरहेको छ । यसअघि प्रधानमन्त्री खानले कश्मीर मुद्दाको विषय संयुक्त राष्ट्रसंघको महासभामा पनि उठाउनु भएको थियो ।

खानकाे याे भ्रमणमा चीन-पाकिस्तान आर्थिक करिडोर परियोजनाबारे मुख्य छलफल हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ राष्ट्रपति सि नेपाल र भारत भ्रमण आउनुअघि पाकिस्तानी प्रधानमन्त्री खान बेइजिङ जानुलाई महत्वका साथ हेरिएको छ ।

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया