सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
ब्राजिलको बेलो हरिजोन्ट शहरमा एउटा सानो विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सोमबार भएको दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
इन्जिनमा समस्या आएपछि राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनवटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार यस विमान विस्फोटमा परी चार ओटा गाडी पूर्णरुपले क्षतिग्रस्त भएका छन् । विमानमा एक चालक र तीन यात्रु सवार थिए ।
विमानका एक व्यक्ति, कारका एक र एक पैदल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ । विमानका तीन र एक कार यात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाइ उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले खबर प्रकाशित गरेका छन् ।
इल्हेअस शहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो । यसै वर्ष ब्राजिलको यही क्षेत्रको सडकमा दुई वटा विमान दुर्घटना भइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।