सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – के प्रधानमन्त्री केपी शर्मा ओली पनि भारतमा भइरहेको नागरिकता संशोधन कानुनको विरुद्धमा हुनुहुन्छ ?
गएको २१ डिसेम्बरमा प्रधानमन्त्री ओलीको आधिकारिक ट्विटर ह्याण्डलबाट भारतीय कांग्रेस प्रमुख सोनिया गान्धीको एक भिडियो रिट्वीट भयो । त्यो भिडियोमा सोनिया गान्धीले देशलाई सम्बोधन गर्दै नागरिकता संशोधन विधेयकलाई लिएर खुलेर आलोचना गरेकी थिइन् ।
सोनिया गान्धीको त्यो भिडियोलाई भारतीय पत्रकार शिवम विजले ट्वीट गर्दै लेखेका थिए, ‘सोनिया गान्धी जे गरिरहेकी छिन्, त्यही काम नरेन्द्र मोदीले गर्नुपर्छ । मोदीले देशलाई निकै शान्तपूर्वक सम्बोधन गर्नुपर्छ ।’ यही भिडियो प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डलबाट रिट्वीट भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कसैलेे प्रधानमन्त्रीकाे ट्वीटर ह्याक गरेर रिट्वीट भएकाे हुनसक्ने भनेर स्पष्टीकरण दिए पनि बीबीसी हिन्दीले रिट्वीटलाई लिएर समाचार लेखेकाे छ ।
प्रधानमन्त्री ओलीको यो ट्वीटलाई लिएर चौतर्फी आलोचना पनि भयो । नेपाल लाइभका सम्पादक नारायण अमृतले प्रधानमन्त्री ओलीको ट्वीटको स्क्रिाशर्ट ट्वीटरमा पोस्ट गर्दै लेख्नुभयाे, ‘यसमा कुनै टिप्पणीको आवश्यक छैन ।’
— Narayan Amrit (@amritna) December 20, 2019
छिमेकी राष्ट्र भुटानका पत्रकारले पनि प्रधानमन्त्री ओलीको ट्वीटको स्क्रिनशर्ट पोस्ट गरेका थिए । तर नेपाल सरकारले भने यस विषयमा ट्विटर एकाउन्ट ह्याक भएर यसो भएको हुनसक्ने बताएको छ । सरकारको तर्फबाट कुनै आधिकारिक टिप्पणी नआउँदा ओलीको रिट्वीटबाट कैयौँ प्रश्न उब्जिएका छन् ।
विवाद चुलिँदै गएपछि प्रधानमन्त्री ओलीको रिट्वीट हटाइयो । यो विषयमा प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापा अगाडि आउनुभयो र स्पष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी यसको जाँच गरिरहेका छौँ । कसैले पासवर्डको दुरुपयोग गरेर पनि यसो भएको हुनसक्छ । रिट्वीटलाई लिएर भ्रम र अफवाह नफैलाउन सबैसँग अनुराेध गर्छु ।’
सल्लाहकार थापाको यो स्पष्टीकरणलाई लिएर आमजनता भने सन्तुष्ट देखिँदैनन् । पत्रकार कनकमणि दीक्षितले पनि कोही कसरी यस्तो लापर्वाही गर्न सक्छ ? भनेर टिप्पणी गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘यस्तो किसिमको राजनीतिक लापर्वाही नदोहोरियोस् ।’
— Kanak Mani Dixit (@KanakManiDixit) December 21, 2019
याे पनि पढ्नुस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।