चीनको औद्योगिक उत्पादन ५ महिनायता पहिलो पटक वृद्धि

 चैत १८, २०८० आइतबार १५:१७:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन वृद्धि गर्ने चिनियाँ प्रयासले सकारात्मक सङ्केत गरेको नीति निर्माताहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पीएमआई सूचाङ्क मार्चमा ५० दशमलव ८ देखिएको छ । यो सूचाङ्क गएको फेब्रुअरीमा ४९ दशमलव १ विन्दुमा रहेको थियो । पीएआई सूचाङ्क ५० भन्दा बढी हुनु भनेको औद्योगिक उत्पादनमा वृद्धि भएको सङ्केत हो ।

कोभिड महामारीका वर्षहरूमा कडा नियम लागू गरेको चीनमा पछिल्ला वर्षहरूमा घरजग्गा कारोबारमा निरन्तर संकट, उच्च युवा बेरोजगारी र मुद्राप्रदायमा दबाबलगायतका समस्या देखिएका थिए । यस्तै विश्वभर नै कमजोर मागका कारण चिनियाँ सामानको माग पनि घटेको थियो ।

चीनले मार्च महिनाको शुरुमा सन् २०२४ मा वार्षिक आर्थिक वृद्धिदर पाँच प्रतिशत हासिल गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । अर्थशास्त्रीले यो लक्ष्यलाई महत्त्वाकाङ्क्षी भन्दै आलोचना गरेका भए पनि चीनमा सकरात्मक नतिजा आइरहेको सिन्ह्वाको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया