मुस्ताङमा तीन वर्षमा लेक लागेर २९ जनाले ज्यान गुमाए

 बैशाख ५, २०८१ बुधबार १८:२५:३३ | रासस
unn.prixa.net

फाइल फाेटाे

मुस्ताङ – मुस्ताङमा तीन वर्षमा लेक लागेर २९ जनाले ज्यान गुमाएका छन् । मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्ने यात्री बढेसँगै लेक लागेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङकाअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको ज्यान गएको हो । यो आर्थिक वर्षको असोजदेखि चैतसम्मको सात महिनामै ११ जनाको ज्यान गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

दुई हजार पाँच सय मिटर वा त्यो भन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ । लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सक बताउँछन् । अहिले पर्वतीय क्षेत्रमा आरोहण तथा पदयात्राको मौसम भएकोले लेक लाग्ने घटनातर्फ सचेत हुनुपर्ने डाक्टरको भनाई छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया