ब्राजिलमा विमान दुर्घटना भएर बस्तीमा खस्दा पाइलटसहित १० जनाको...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) देशका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गरेको छ ।
भारतको नयाँदिल्लीमा भएको मन्त्रीस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्षेत्रीय मूल्य श्रृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्याउन तथा सहयोग बढाउन आग्रह गर्नुभएको हो ।
सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, थोरै रोजगारी सिर्जना गर्न र नागरिकको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्नसक्ने मन्त्री भण्डारीको भनाइ छ । उहाँले काठमाण्डौमा भएको तेस्रो लगानी सम्मेलनमार्फत लगानी र व्यवसायसँग सम्बन्धित प्रक्रिया सुव्यवस्थित र समग्र प्रक्रियालाई सरलीकृत गरिएको जानकारी दिनुभयो ।
नेपाल प्रचुर प्राकृतिक स्रोत, लाभदायक स्थान, विविध सांस्कृतिक सम्पदा, अनुकूल जलवायु र बढ्दो प्रतिस्पर्धात्मक मानव पुँजीले सम्पन्न रहेको उल्लेख गर्दै उहाँले यी सबै कारणले नेपालमा लगानी र व्यापारका लागि अवसर रहेको बताउनुभयो ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिम्स्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गर्नुभएको छ । नयाँदिल्लीमा भएको बिम्स्टेक बिजनेस समिट २०२४ मा उहाँले बिम्स्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।