काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसममा सुधार : भोलिदेखि फेरि पानी पर्ने सम्भावना

 भदौ १७, २०८१ सोमबार ९:४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ – आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । हिजोभन्दा आज मौसममा सुधार छ । आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ ।

देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकोले भोलिदेखि फेरि हिजो/अस्ति जस्तै धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । आज कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजराति कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले भिरालो तथा पहिरोको जोखिम क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया