आज र भोलि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम

 भदौ २०, २०८१ बिहीबार १२:४६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज सिन्धुली, मकवानपुर, पर्सा, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, गुल्मी, प्युठान र रोल्पा आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाका अनुसार आज र भोलि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्ने छ । जलसतह बढ्ने नदी तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै पर्सिका लागि भने ती नदीहरूमा जलसतह सामान्य घटबढ हुने पूर्वानुमान छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया