कोशी, बाग्मती, गण्डकी र पश्चिम क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

 भदौ २२, २०८१ शनिबार ७:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षा भइरहेको छ । अहिले काठमाण्डौ उपत्यकामा पनि मौसम बदलीकै अवस्था छ ।

आज दिउँसो पनि मौसम बदली नै रहने र कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी मधेश र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली नै रहनेछ । बाग्मती र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो र मध्यम पानी पर्दा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोपको जोखिम वा क्षतिबाट जोगिन तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, यात्रालगायतमा असर पर्नसक्नेतर्फ सतर्कता अपनाउन महाशाखाका मौसमविद् रोजन लामिछानेको आग्रह छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया