लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा ठूलो वर्षा

 भदौ २८, २०८१ शुक्रबार ५:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा डढेलधुराको साहुखर्कमा ९६ मिलिमिटर, कैलालीको बचिलामा ८१ मिलिमिटर र दाङको सुखबारेमा ७१ दशमलव ८ मिलिमिटर पानी परेको छ ।

डोटी, सुर्खेत, अछाम, बैतडी, कञ्चनपुर, बर्दिया लगायतका ठाउँमा पनि पानी परेको छ । बर्दियाको बबई नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा बस्नेहरुलाई बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै कञ्चनपुरको दोदा (मछेली) नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा बस्नेहरुलाई पनि बिहान १० बजेसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।

दाङको पधमपुर, सुखबारे, गङगडी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना भएकाले त्यो क्षेत्र भई बहने बबई नदी, राप्ती नदी र अन्य स–साना खोलाहरुमा आकस्मिक बाढीको जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कैलालीको कैलालीको कान्द्रा नदी, पहलमानपुर र खुटिया खोला मुडीभर जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा बस्नेहरुलाई बिहान ९ बजेसम्म सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, डोटी, डडेलधुरा, दैलेख, अछाम, बैतडी, बाजुरा, बझाङ दार्चुला र आसपासका ठाउँहरुमा आज दिनभरजसो नै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया