पाकिस्तान र दक्षिण अफ्रिकाबीचको अन्तिम एकदिवशीय क्रिकेट आज हुँदै
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – यस वर्षको सेप्टेम्बर महिनामा ९६ हजार तीन सय पाँच जना पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन् । यो सङ्ख्या गएको वर्ष अर्थात् सन् २०२३ को भन्दा पाँच दशमलव ८२ प्रतिशत र कोभिड–१९ महामारी शुरू हुनुअघि अर्थात् सन् २०१९ को भन्दा चार प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका थिए ।
यस वर्षको सेप्टेम्बरमा समग्रमा पर्यटक आगमन बढे पनि भारतीय पर्यटकको सङ्ख्या भने झन्डै २० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सेप्टेम्बरमा २८ हजार ६ सय ९४ जना भारतीय पर्यटक आएकामा यो वर्ष २२ हजार ९ सय ८४ जना मात्रै आएका नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ
नेपालमा यस वर्ष भएको प्राकृतिक विपत्ति र सडक दुर्घटनामा भारतीय नागरिकसमेत प्रभावित भएकाले यसको असर पर्यटक आगमनमा देखिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।
सन् २०२४ को नौ महिनामा पर्यटक आगमन आठ लाख नाघेको छ । जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ६ सय ३९ जना पर्यटक नेपाल आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।