सुर्खेतमा मिनिबस दुर्घटना हुँदा ४ जनाकाे ज्यान गयाे, २५ जना ...
कात्तिक २३, २०८१ शुक्रबार
सुनसरी – सजाय भुक्तानका क्रममा कारागारबाट दुई पटक भागेका सुनसरीको इनरुवा नगरपालिका–१० वलाहाका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् ।
सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका यादव गएराति नेपाल–भारत सीमाको कोशी गाउँपालिका–८ पथरचट्टान भन्ने ठाउँबाट पक्राउ परेका हुन् । छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले विनायककुमार यादवलाई पक्राउ गर्ने क्रममा एक राउन्ड गोलीसमेत फायर गर्नुपरेको बताउनुभयो । यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट दाेषी ठहर भएका थिए ।
अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९ साल कात्तिक २३ गते सुरुङ खनेर भागेका थिए । त्यसबेला उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतका धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए ।
झुम्का कारागारबाट भागेका विनायकलाई केही समयपछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । त्यसपछि कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी भूकम्प गएको मौका छोपी त्यहाँबाट २०७२ साल वैशाख १२ गते भागेका थिए ।
प्रहरीका अनुसार झुम्का कारागारबाट सुरुङ खनेर भागेका १२ जनामध्ये अहिलेसम्म नेपाल र भारतमा गरी सात जनामात्रै पक्राउ परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।