आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य वर्षाको सम्भावना

 मंसिर ३, २०८१ सोमबार ८:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसहित पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेकाले केही ठाउँमा बदलीसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । अहिले पहाडी भू–भागका केही ठाउँमा बदली र तराईका केही ठाउँमा हुस्सु लागेको छ । बाँकी ठाउँको मौसम सफा छ ।

यसैबीच आज पनि काठमाण्डौ उपत्यका सहितका शहरी क्षेत्र र तराईको वायु प्रदुषण उच्च रहेको छ । हिजोको तुलनामा केही कम भए पनि प्रदुषण उच्च रहेको वातावरण विभाग अन्तर्गतका मापन केन्द्रहरुले जनाएका छन् ।

काठमाण्डौको रत्नपार्कमा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५२ रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले एक्यूआई एक सय ५० भन्दा माथि पुग्नुलाई अस्वस्थ मानेको छ । भक्तपुर, खुमलटार, चितवनको भरतपुर लगायतको ठाउँका मापन केन्द्रहरुले पनि एक्यूआई एक सय ३० देखि एक सय ५० को बीचमा देखाएका छन् ।

हावामा रहेका प्रदुषणका कण श्वासप्रश्वास र आँखा हुँदै शरिरमा प्रवेश गर्ने भएकोले घरबाहिर निस्कँदा अनिवार्य मास्क र चस्मा लगाउन स्वास्थ्यकर्मीको सुझाव छ । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया