नवलपरासीको सुस्तामा आगलागी हुँदा ३ जना घाइते, ५ दाजुभाइको घर जल्यो

 फागुन २४, २०८१ शनिबार ९:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – नवलपरासीको सुस्ता गाउँपालिका–३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

आगलागीबाट सतारुल नेसा, निजामोदिन मियाँ र तैमुरदिन मियाँ घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिवकुमार क्षेत्रीले जानकारी दिनुभयो । उनीहरूको चौपत्ता सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

निर्माणाधीन घरमा हिजो बिजुलीको मिटरबक्स शर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाँच जना दाजुभाइ इद्रिस अली, कासिम अलि, नुर मोहम्मद अलि, मोहम्मद शेख आलम मियाँ र अफताब अलीको घर जलेको इन्स्पेक्टर क्षेत्रीले बताउनुभयो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामान, गरगहना तथा नगद गरी २७ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगो बर्दघाट नगरपालिका र रामग्राम नगरपलिकाको दमकल तथा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको सुस्ता गाउँपालिका–३ का अध्यक्ष हरिलाल दुषाधले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया