काठमाण्डौका यी ठाउँमा आज ४ देखि ५ घण्टासम्म बिजुली नआउने

 फागुन २४, २०८१ शनिबार ९:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – काठमाण्डौका विभिन्न ठाउँमा आज ४ देखि ५ घण्टासम्म बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको २ वटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरूमा आज दिउँसो विद्युत् अवरुद्ध हुने भएको हो ।

मातातीर्थदेखि बौथली चोकसम्म कन्डक्टर अपग्रेडिङ कार्यका लागि बलम्बु वितरण केन्द्रको मातातीर्थ फिडर शटडाउनमा राख्नुपर्ने भएकाले त्यस क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । त्यस्तै सतुङ्गल फिडर अन्तर्गतका कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत सब स्टेशनबाट ब्रिटिश पर्खाल, फ्रान्सेली राजदूतावास, र्‍याडिसन होटल, भारतीय राजदूतावास, खुर्सानीटार, साङ्ग्रिला होटेल हुँदै महाराजगञ्ज वितरण केन्द्रतर्फको क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । निर्धारित समय अगाडि  नै काम सकिए लगत्तै सेवा शुरू हुने प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया